काठमाडौं– स्याङ्जाको वालिङस्थित तमादीडाँडामा आज बिहान खसेको पहिरोमा एकै परिवारका ९ जनाकाृ मृत्यु भएको छ । तमादीडाँडाका टीकामाया नेपाली, उनका ३ बहिनी, चार छोरा, एक बुहारी र ९ महिनाका नातिको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सयाङ्जाका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
पहिरोमा पुरिएका उीहरु सबैको शव मृत अवस्थामा फेला परेको छ । टीकामायाकी एउटी बहिनी दिदीकोमा पाहुना लाग्न आएकी थिईन् ।
टीकामायाका माइला छोरा भने मजदुरीका लागि भारत गएकाले पहिरोबाट जोगिएका छन् । उनका श्रीमानको यसअघिनै मृत्यु भैसकेको छ ।