काठमाडौं - पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै ३ दिन देशभर बदलीभई वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका वर्षा र बदली गराउने न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले मनसुन हुने बताइएको छ ।
हाल देशका सबै भुभागमा पानी परिरहेको छ । प्रदेश १, २ र बाग्मती प्रदेशमा पूर्ण बदली र अन्य प्रदेशमा बदली रहेको छ ।
साथै बाग्मती र प्रदेश ५ का केही स्थानमा मेघगर्जन÷चट्याङसहित हलुका वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।