जुम्लामा अनसन बसिरहेका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीलाई काठमाडौं ल्यायएको छ । अनसनरत अवस्थामा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
आठ दिनदेखि जुम्लामा सत्याग्रहमा बसेका डा. केसी तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत थिए । डा. केसी काठमाडौं आउन मञ्जुर भएपछि काठमाडौं ल्याइएको हो । काठमाडौंमा पनि सत्याग्रह जारी राख्ने डा. केसीले बताएका छन् ।
डा.केसीले भने दुई वर्षअघि जुम्ला प्रतिष्ठानमा भएको हिंसात्मक घटना पुनः नदोहोरियोस् भनेर काठमाडौं आउने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।