काठमाडौं– बुबाको हत्या अभियोगमा तनहुँ प्रहरीले छोरालाई पक्राउ गरेको छ । आबुखैरेनी गाउँपालिका–४ खस्राङ्का २१ वर्षीय वीरमान गुरुङ्ले ४१ वर्षीय बुबा राजकुमार गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
वीरमानले गत भदौ ३१ गते बुबालाई घरमा कर्तब्य गरी मारेर आफ्नो जातिय रीतिरिवाज अनुसार चिहानमा खाडल खनी पुरी दाहसंस्कारको कार्यक्रम पुरा गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।