काठमाडौं - आज सोमबार देशभरको विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशका विभिन्न भु भागमा पानी परिरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ ।
अझै केही दिन पानी पर्ने मौसम विभागले जनाएको छ ।