काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
सचिवालयको बैठक स्थायी कमिटीले निर्णयहरु कार्यन्वयन गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।
स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका बाँकि काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा नेकपाको सचिवालय बैठक पहिलो पटक बसेको हो ।
बैठकमा सबै सचिवालय सदस्यलाई एकै खालको कुर्सी टेवलको व्यवस्था गरिएको छ । तर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भने सचिवालयको बैठकमा नै दुई किसमका कुर्सी टेवल हुन्थे ।
अध्यक्ष तथा प्रधानमन्त्री र अर्का अध्यक्षको कुर्सी टेवल एक किसमको र अन्य सदस्यकोलागि फरक किसमको हुन्थे । अझ कुनै कुनै समयमा ओलीकोलागि फरक कुर्सी टेवल हुन्थे । कुर्सी टेवलको बारेमा प्रचण्डले एक दिन पत्रकार भेटघाटमा नै असन्तुष्टि पोखेका थिए ।