काठमाडौं– नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर आफ्ना ग्राहकलाई गजब्बको अफर दिने भएको छ । टेलिकमले युट्युब र फेसबुक चलाउने आफ्ना ग्राहकलाई लक्षित गर्दै छुट्टाछुट्टै अफर सार्वजनिक गरेको छ । ५५ रुपैयाँमा अबको ३ दिन अनलिमिटेड युटेयुब तथा फेसबुक प्याक खरिद गर्न सक्नेछन् ।
अनलिमिटेड प्याक लिएका ग्राहकले एड–अन प्याकको १५ रुपैयाँमा १ जीबि प्याक खरिद गर्ने सुविधा पनि उपलब्ध गराएको टेलिकमले जनाएको छ । यो प्याक पनि आगामी असोज ३ गतेभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।
समर अफर अन्तर्गत ८५० रुपैयाँमा २८ दिनका लागि प्रतिदिन १ जिबी डाटा खरिद गर्दै आएका ग्राहकले उक्त प्याक संविधान दिवसको अवसरमा ५५५ रुपैयाँमा पाउने भएका छन् । यो डाटा प्याक असोज २, ३, ४ गते लिएमा ५५५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।