काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई–तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् ।
‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु,’ उनले भिडियो सन्देशमा भने ।