काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ सय १८ सहित थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना नयाँ संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १२ सय ४३ रहेको छ ।