काठमाडौं - आजदेखि लामो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण ६ महिना देखि थन्किएका सवारी साधन सञ्चालनमा आएका हुन् ।
मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात व्यवसायीले आजदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागेका हुन् ।
सरकारले कोराना रोकथाम गर्नका लासग चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।