काठमाडौं - विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।
हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ ।
सङ्क्रमितहरु मध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । रासस