काठमाडाैँ– सहारा क्लब पोखराले स्थापना गरेको ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार इन्द्र प्रसाद पौडेल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव तथा कान्तिपुर टेलिभिजनमा आबद्ध पौडेललाई पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान गरेकामा क्लबको २२ औं वार्षिकोत्सवका अवसरमा सो पुररस्कार प्रदान गरिएको हो ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नगद रु २० हजार ५०० सहित, ताम्रपत्र तथा दोसल्ला ओढाई उनलाई सम्मान गरिएको थियो । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना पत्रकार पुरस्कृत भएक छन् ।