काठमाडौं - उदयपुरको मिर्चैया कटारी सडकखण्ड अन्तर्गत चुरियामा निर्माण भैरहेको बाटो समपन्न नहुँदा उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु समस्यामा परेका छन् ।
निर्माण कम्पनीले बाटोको जिम्मा लिएर काम पुरा नहुँदै सम्पर्क बिहिन हुँदा उक्त ठाँउमा पहिरो जाने तथा वर्षायामको समयमा हिड्न नै कठिन हुने यात्रुहरुको भनाई छ ।
वर्षायाममा पर्ने पानीले पहिरो जाने , हिलो हुने तथा बाटोमा नै गाडीहरु फस्ने हुँदा यात्रुहरु बीच बाटोमा नै बस्नु परेको स्थानीय सन्तोष कार्कीले बताए ।
बाटोको निर्माणको जिम्मा लिएको कम्पनीले केही समय काम गरेर अहिले सम्पर्क बिहिन हुँदा अहिले दैनिक यात्रुहरुले विभिन्न समस्याहरु भोग्नु परेको उनले भने ।
बाटोमा बिचल्लीमा परेका यात्रुहरुलाई तत्काल आवतजावत गर्नका लागि भने इलाका प्रहरी कार्यालय उदयपुर कटारीका
ईन्स्पेटर प्रमोद कार्कीको पहलमा एकतर्फी बाटो सञ्चालन भएको छ ।
सम्बन्धित निकायले बाटोको निमार्ण गर्ने जिम्मा लिएको कम्पनीसँग समन्वय गरेर बाँकी रहेका काम समपन्न गर्न स्थानीयले आग्रह गरेका छन् ।