काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटा आज सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए ।
उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने/नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता जनाए । “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भने । रासस