काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनेको छ ।
शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेको स्रोतले बताएको छ ।