काठमाडौं - क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहको आक्रमणमा १८ जना नागरिकको मृत्यु भएको छ ।
लिदु साहेल भन्ने क्षेत्रमा भएको हमलामा अन्य ११ जना घाइते भएका छन् । उनीहरुले सर्वसाधारणको हत्या गर्ने उद्देश्यल हमला गरेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
बोको हरामले पश्चिमी अफ्रिकामा गएका वर्षदेखि ठूलो मात्रामा हमला गर्ने गरेको पाइएको छ । जसका कारण यहाँका हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँलाई अपहरण गरेको छ ।
बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन् । रासस