एजेन्सी – स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा लिग च्याम्पियन रियल म्याड्रिड बराबरीमा रोकिएको छ । लिगको अन्तिम खेलमा रियल म्याड्रिड स्पेनिल ला लेगानेससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
कोभिड – १९ पछिको १० खेलमा भने रियल म्याड्रिडले सबै खेलमा जित निकालेको थियो । रियलले खेलमा ९ औं मिनेटमा अग्रता लियो । रियलका कप्तान सर्जियो रामोसले हेडमार्फत गोल गरेका थिए । लेगानेससको घरेलु मैदानमा भएको खेलमा रियलका लागि यो खेल निकै नै चुनौती पूर्ण बन्यो ।
ब्रयन गिलले पहिलो हाफको इन्ज्युरी समयको लागि थप गरिएको समयमा एक गोल गरेपछि खेल बराबरीमा आएको थियो । रियलका लागि अर्को गोल ५२औं मिनेटमा मार्को एसेन्सियाले गरे भने लेगानेसको लागि ७८ औं मिनेटमा रोजर एसालेले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।
यो संगै रियलको ३८ खेलबाट ८७ अंक छ भने लेगानेसको ३६ अंक छ । लिगमा १८ औं स्थानमा रहेको लेगानेस दोस्रो डिभिजनमा घटुवा हुँदै रेलिगेसनमा परेको छ ।