एजेन्सी - इटालियन सिरी ‘ए’ मा एसी मिलानले बोलोग्नालाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।
एसी मिलानको घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा मिलानले यो जित निकालेको हो । जितसंगै मिलानको शीर्ष ६ स्थानमा पर्ने सम्भावना यथावत् नै रहेको छ ।
यो संगै मिलानले अर्को सिजनको युरोपा लिगा खेल्ने सम्भावना बढेको छ ।
मिलानको जितमा उसका खेलाडीहरु एलेक्सिसकोले खेलको १०औं मिनेटमा, हकानले २४औं मिनेटमा, इस्माइलले ४९औं मिनेटमा, एन्टी रेविचले ५७ औ मिनेटमा र डाभिडले इन्ज्युरी समयको २ मिनेटमा गोल गरेका थिए ।
खेलमा बोलोग्नाका ताकेहिरो तोमीयासुले १ गोल गर्दै सान्त्वना गोल फर्काए । उनले ४४औं मिनेटमा गोल गरेका थिए । यो शानदार जितसंगै मिलान लिगको छैटौ स्थानमा उक्लिएको छ ।
३४ खेलबाट मिलानको ५६ अंक पुगेको छ । १० औं स्थनमा रहेको बोलोग्नाको ४३ अंक रहेको छ ।