काठमाडाैं-बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न मन्त्रीहरुसँग सम्झौता गरिएको बताएका छन् ।
उनले शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग प्रदेश सरकारका कार्य अघिल्ला वर्षहरुमा भन्दा आगामी आर्थिक वर्षमा चुस्त हुने विश्वास व्यक्त गरेका थिए ।
प्रदेशले यो काम नयाँ अभ्यासको रुपमा थालनी गरेको बताए ।सङ्घीय सरकारले शुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक गर्न लागेको उनको भनाइ थियो ।
प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्नेगरी एक वर्षको काम गर्ने प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न दुईतर्फी प्रतिबद्धता जनाइएको मुख्यमन्त्री पौडेले बताएका थिए ।