कामाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा शुुक्रबार राति भएको खेलमा वेस्टह्याम विजयी भएको छ ।
वार्टफोडलाई ३–१ गोल अन्तरले पराजित गरेसंगै वेस्टह्याम रेलिगेशनबाट जोगिएको छ । वेस्टह्यामका मिचेल एन्टोनियोले खेलको छैटौं मिनेटमा गोल टिमलाई अग्रता दिलाएका थिए ।
वेस्टह्यामको लागि उसका खेलाडी मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले गोल गरेका थिए । सौकले दशौं मिनेटमा अग्रता दोब्बर बनाएका थिए भने रइसले ३६औं मिनेटमा गोल गरेका थिए ।
वार्टफोर्डका टोरी डेनील भने एक गोल फर्काएका थिए । उनले ४९औं मिनेटमा एक गोल फर्काएका थिए ।
यो जितसंगै लिगमा वाटफोर्ड ३७ अंकका साथ १५ औं स्थानमा रहँदा छ भने वाटफोर्ड ३४ अंकका साथ १७औं स्थानमा रहेको छ ।