एजेन्सी - स्पेनीस लिग लालिगामा रियल म्याड्रिडले ३४ औं पटक लिगको उपाधी जितेको छ । बिहीबार राति भएको खेलमा रियलले भिल्लारियललाई २–१ ले पराजित गरेपछि रियल क्लब इतिहासमा नै ३४ औं पटक विजयी भएको हो ।
लिगमा ९ खेलमध्य रियल यो खेलमा जित हासिल गरेपछि उसले ७ अंकको अग्रतासहित लिग उपाधि पक्का गरेको हो । रियल म्याड्रिडलाई खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले अग्रता दिलाएका थिए । खेलमा ७३ औं मिनेटमा रामोसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त रियल पेनाल्टी पायो ।
यद्यपी रामोसले उक्त पेनाल्टीलाई सदपयोग गर्न भने सकेनन् । दोस्रो पटकको प्रयासमा रामोसकै पासमा बेन्जेमाले थप १ गोल गरे । भिल्लारियलका लागि ८३ औं मिनेटमा भने भिसेन्ट इबोर्राले १ गोल फर्काए ।
खेलमा भिल्लारियलले थप गोल गर्न नसक्दा रियल २–१ गोलले विजयी बन्दै यो सजिनको लिग उपाधी कब्जा गर्न सफल भयो । ३७ खेलमा रियलको ८६ अंक बनेको छ । अब रियलले लिगमा १ खेल खेल्न बाँकी छ ।
त्यस्तै लिगको अर्को खेलमा बार्सिलोना ओसासुनासँग पराजित भएको छ । उसले ओसासुनासँग २-१ को हार बेहोरेको हो । ओसासुनालाई १६ औं मिनेटमा जोसे अर्नाइजले गोल अग्रता दिलाएका थिए ।
तर खेलको ६२ औं मिनेटमा लिओनेल मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा फर्काए ।
एन्रीच गल्लेगोले क्लेमेन्ट लेङलेटलाई फल गरेपछि ७५ औं मिनेटमा उनले रातो कार्ड पाए । थप सययको इन्ज्युरी ४ औं मिनेटमा रोबर्टो टोरेसले गोल गरेपछि ओसासुनाले आफ्नो जित पक्का गर्न सफल भयो ।
१० जना खेलाडीमा सिमित भए पनि ओसासुनाले जित हासिल गरेरै छोड्यो । गत सिजन विजेता बनेको बार्सिलोना यो सिजन भने दोस्रो स्थानमा नै चित्त बुुझाउन बाध्य भएको छ ।
एक खेल खेल्न बाँकी रहेको बार्सिलोनाको ७९ अंक रहेको छ ।