काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन नेताहरुबीच आजको छलफल प्रधानमन्त्रीको राजीनामाका विषयमा अड्किएर बिनानिष्कर्ष सकिएको छ । छलफलमा प्रचण्ड–नेपालले ओलीले राजीनामा दिनुपर्ने अडान राखेको र ओलीले आफू कुनै पनि पदबाट राजीनामा नदिने अडान राख्दा छलफल निष्कर्षबिना सकिएको हो ।
नेकपाको जारी स्थायी कमिटी बैठकमा विवाद बढ्दै गएपछि बैठक नै स्थगित गरेर नेताहरु सहमति गर्न छलफलमा जुटेका थिए । तर आज पनि सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ ।
भोलिको स्थायी कमिटी बैठक भने निर्धारित समयमा नै बस्ने बताइएको छ ।