एजेन्सी– फुटबलर मार्कस रासफोर्डले 'पिएचडी'को उपाधि पाउने भएका छन् । रासफोर्डलाई म्यानचेस्टर युनिभर्सिटीले उक्त उपाधिबाट सम्मान गर्न लागेको हो । युनिभर्सिटीले प्रदान गर्ने यो सबैभन्दा ठूलो उपाधि हो ।
गरिब बालबालिकाको क्षेत्रमा उत्कृष्ट अभियान चलाउँदै आएकाले उनलाई उक्त उपाधिबाट सम्मानित गरिने भएको हो । यससँगै उनी म्यानचेस्टर विश्वविद्यालयबाट यो उपाधी हासिल गर्ने सबैभन्दा कम उमेरका व्यक्ति भएका छन् ।
२२ वर्षीय राशफोर्डले समर छुट्टीमा इंग्ल्यान्डका १३ लाख बालबालिकाको स्कुल खाना निःशुल्क गर्न सरकारलाई अपिल गरेका थिए। म्यानचेस्टर युनाइटेडका फरवार्ड राशफोर्डले सम्मान पाउनु आफू र आफ्नो परिवारको लागि गर्वको क्षण रहेको बताए। उनले बाल गरिबीविरुद्ध अझै धेरैकाम गर्न बाँकी रहेको जनाए ।
युनाइटेडका एलेक्स फग्र्युसन र बबी चाल्र्टनले यसभन्दा पहिले विश्वविद्यालयबाट यो पुरस्कार प्राप्त गरिसकेका छन् ।