पछिल्लो समय रियल मड्रिडका खेलाडी इडिन हाजार्डबाट क्लब असन्तुस्ट बनेको खबर आइरहेको छ । मड्रिडका स्टार खेलाडी क्रियास्ट्यानो रोनाल्डो युभेन्टस् गएपछि रियलले ठुलो आशाका साथ हाजार्डलाई अनुबन्धन गरेको थियो ।
तर क्लबबाट खेल्ने खेलहरुमा पटकपटक घाइते हुने र उत्कृष्ट प्रर्दशन गर्न नसकेको कारण प्रशिक्षक जिदानसंगै क्लबनै सन्तु्ष्ट नभएको बताइएको छ । हाजार्ड केही समय अघि एथ्लेटिक बिल्बाओसँगको खेलमा घाइते भएका थिए ।
दाहिने खुट्टाको एन्कलमा चोट लागेका कारण अहिले उनी मैदान बाहिर छन् । ग्रानाडाविरुद्धको खेलमा जिदानले हाजार्डको स्थितिबारे जानकारी दिएका थिए । उनले उनको चोट गम्भीर भएको र केही समयका लागि मैदान बाहिर नै रहने बताएका थिए ।
रियलले उनीबाट धेरै अपेक्षा गर्दै उनलाई सन् २०१९ जुन ७ मा क्लबमा अनुबन्ध गरेको थियो ।