हेटौंडा– वरिष्ठ कम्युनिस्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिस्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौंडा अस्पतालमा निधन भएको हो ।
तत्कालीन नेकपा (एमाले)का सल्लाहकारसमेत रहेकी थापा वि.सं. २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (एमाले)को सेल्टरदाताका रूपमा चर्चित थिइन्। लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौंडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जनाए ।
थापालाई श्रद्धाञ्जलि दिन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेताहरू उनकाे निवासमा उपस्थिति छ । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।