भारतीय महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरस संक्रमण भएको छ। उनले आफ्नै आधिकारीक फेसबुक पेजमार्फत यसको जानकारी दिएका हुन्।
उनलाई अहिले मुंबईको नानावटी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल प्रशासनले अमिताभको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ।
७७ वर्षीय अमिताभले आफ्ना परिवारका अन्य सदस्य घरमा काम गर्नेहरुको पनि परिक्षण शुरु भइसकेको जानकारी दिएका छन्।
यसैविच अमिताभको स्वास्थ्यअवस्थाप्रति विभिन्न व्यक्तिहरुले चिन्ता व्यक्त गरेका छन्। भारतिय राजनितीज्ञदेखी कलाकारहरुले उनको स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालहरुमा सन्देश दिइरहेका छन्।
