काठमाडौं– कालापानी, लिपुलेक र लिम्पुयाधारा समेटेर बनाइएको नेपालको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्ने सम्बन्धि संविधान संशोधन विधेयकमाथि मंगलबार (आज) प्रतिनिधि सभामा छलफल हुँदैछ।
आज विधेयकमा सैद्धान्तिक छलफल हुनेछ। छलफलमा उठेका प्रश्नको जवाफ कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले दिनेछिन्।
त्यस्तै प्रतिनिधिसभामा आज पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ।