जातिय टिप्पणी गरेपछि स्टार भारतिय अलराउण्डर यूवराज सिंहबिरुद्द प्रहरीमा उजुरी दर्ता भएको छ। युवराज सिंहले स्टार भारतिय व्याट्सम्यान र स्पिनर युजवेन्द्र चहलसँग इंस्टाग्रामको लाइभ च्याटको दौरान मजाकको क्रममा जातिय शब्दको प्रयोग गरेका थिए।
यहि कारण हरियाणा हिसार जिल्लाका एक दलित अधिकारकर्मी तथा अधिवक्ता रजत कल्सनले युवराजबिरुद्द प्रहरीमा उजुरी दर्ता गराएका हुन्।
उजुरीकर्ता कलसनले रोहित शर्माले युवराजको जातिय कुराको बिरोध गर्नुपर्नेमा हासेर सहमति जताएको बताए। ‘‘यस्तोमा दलित समुदायको भावनामा ठेस पुगेको छ’’, कलसनले भने। उनले यस मामिलामा युवराज सिहंलाई पक्राउ गर्न माग गरेका छन्।
कलसनले भने, "यस टिप्पणीलाई पुरै भारतका दलित समाजका मान्छेहरुले हेरेका छन् र यसले देशका सम्पुर्ण दलित समुदायको अपमान भएको छ।’’
हांसीको एसपी लोकेंद्र सिंहले मुद्दाको जाँचको लागि प्रकृयामा अगाडि बढीसकेको बताए। उनले भने, ‘‘जाँचमा जो देखिन्छ त्यसै हिसावले कारवाही अघि बढ्नेछ।’’ यदि यूवराज यस मामलामा दोषि भेटिएको खण्डमा उनी समस्यामा पर्न सक्नेछन्।