काठमाडाैं - लकडाउनको मोडालिटीसहितका विषयमा कुरा गर्न प्रधानमन्त्री ओली आज (बुधबार) विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।
उनले अपराहन्न चार बजे प्रधानमन्त्रि निवास बालुवाटारमा आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बोलाएका छन् । उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितको संख्या भने बढ्दाे छ।
काेराेना नियन्त्रणकाे उपाए लकडाउन मात्र नभएकाे भन्दै मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ।