काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा उभिएर सम्बोधन गर्न समस्या भएकाे छ। मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई उठेर बोल्दा समस्या भएको बताएका हुन्।
उनले सभामुख अग्निप्रसाद सापकोटालाई शल्यक्रियाका कारण खुट्टामा समस्या भएको सुनाएर बसेर बोल्ने व्यवस्था मिलाइदिन आग्रहसमेत गरे। हाल उनी रोष्टममा नै कुर्सीमा बसेर सम्बोधन गर्दै छन्।