नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक सुरु भएको छ। बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो।
यसअघि वैशाख २० गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो। स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने जिम्मा पाएका छन्। तर प्रस्तावको विषयमा सचिवालय बैठकमा एकमत छैन।