कैलाली– कैलाली उद्योग वाणिज्य सङ्घले धनगढी उपमहानगरपालिकाअन्तर्गतको विपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरेको छ।
आज उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई रु एक लाख ६९ हजार बराबरको खाद्यान्न र रु तीन लाख ३२ हजार नगद उपलब्ध गराउने गरी समझदारीपत्र हस्तान्तरण गरिएको बताइएको छ।
सङ्घका अध्यक्ष पुष्पराज कुँवरले नगद र खाद्य सामग्री गरेर रु पाच लाख एक हजार बराबरको राहत उपमहानगरपालिकालाई उपलब्ध गरेको बताएका छन्।
जिल्लाका होटल, हार्डवयर, किराना, मदिरा, इलेक्ट्रोनिक्स, पोल्ट्री, तरकारी, पुस्तकलगायत व्यवसायी सङ्घहरुको सहयोगबाट राहत हस्तान्तरण गरिएको बताइएको छ। रासस