मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न दृढ संकल्पित रहेको बताएका छन्।
मुख्यमन्त्री पोखरेलले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै श्रमिक वर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको र यो व्यावहारिक रुपमा कार्यान्वयन हुँदै तिनको हित र सम्मानमा स्थापित हुने अपेक्षा गरिएको बताएको छ।
मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीका समयमा कोही भोकै बस्नुपर्ने अवस्था सिर्जना नहोस् भनेर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतका लागि आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिएको छ।
मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा भनेको छ, ‘श्रमशक्तिको विकासबाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपिल गर्दछु।’ (रासस)