काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक ५ बजेका लागि निर्धारित भएकामा ६ बजे सुरु भएको हो।
यसअघि २ बजे बोलाइएको बैठक प्रधानमन्त्री ओलीलाई केहीबेर आराम गर्नुपर्ने भएकाे भन्दै ५ बजेलाई सारिएको थियो। त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकले लकडाउनको मिति थप्नेलगायत निर्णय लिने बताएका छन्।
शनिबार बसेको उच्चस्तरीय समितिले लकडाउनको अवधि एक साता बढाउन मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ। समितिले पठाएको लकडाउनको मोडालिटीबारे पनि मन्त्रिपरिषद्मा छलफल हुने छ।