काठमाडौं - लकडाउन बारे निर्णय लिन आईतबार अपराह्न्न २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको छ।
प्रधानमन्त्री ओलीलाई केहीबेर आराम गर्नुपर्ने भएकाले र लकडाउनबारे सल्लाह पनि गर्नुपर्ने भएका कारण बैठक साँझ ५ बजेका लागि सारिएको एक मन्त्रीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले यसअघि तोकेको लकडाउनको अवधि भाेलि सोमबार बिहानबाट सकिँदै छ।