ब्राजीलमा कोरोना भाइरसको सङ्कट सँग सँगै राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ। त्यहाँका कानुन मन्त्री सेर्गियो मोरोले आफ्नो पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेकोमा असन्तुष्टि जनाउदै कानुन मन्त्री मोरोले शुक्रबार राजीनामा दिएका हुन्।
पुर्व केन्द्रीय न्यायाधिशसमेत रहेका उनलाई भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि चिनिन्छ।
राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि कोनोरा भाइरस नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै बर्खास्त गरेका थिए।