प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन्।
उनले उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिएका छन्। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवकराज विक आइतबार साँझ घर फर्किएका थियो। यसअघि काठमाडौँमा दुई र बाग्लुङमा एक कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन्। हालसम्म नेपालमा ३१ जना सङ्क्रमित भएका छन्। रासस
