चितवन– उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्र–छात्रालाई परामर्श दिने अग्रणी संस्था एक्सपार्टले २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ। एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्वारा संञ्चालित सो फाउण्डेसनले कोभिड –१९ को जोखिमले समस्यामा परेका छात्र–छात्रालाई सहयोग गर्न सो कोष सञ्चालनमा ल्याएको एक्सपर्ट चितवन शाखाका प्रवन्धक निर्देशक डिल्लराम अधिकारीले जानकारी दिएका छन्।
उनले कोभिड –१९ को जोखिमले अस्ट्रेलियामा अध्ययनरत नेपाली छात्र–छात्रालाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने ध्येयले सो कोष स्थापना गरेको बताएका छन्। उनको अनुसार सन २०१९ को अक्टोबर १ पछि आफ्नो संस्थामार्फत अष्ट्रेलिया गएका छात्र–छात्रालाई प्रतिव्यक्ति किनमेलका लागि २०० देखि ३०० डलर सम्मको भौचर नै सहयोग गर्ने छ। यसका लागि एक लाख ५० हजार डलर छुट्याइएको छ।
अन्य समस्यामा परेका छात्र–छात्राका लागि ५० हजार डलर छुट्याईएको प्रबन्धक अधिकारीले जानकारी दिएका छन्। एक्सपर्ट फाउण्डेसनले विज्ञप्ति जारी गरि समस्यालाई केही हद सम्म भए पनि सहज वनाउनका लागि कोष स्थापना गरिएको जनाएको छ। ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गई मानव जगत नै अहिले असहज परिस्थितिबाट गुज्रनपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पूरा गरेका हौं।’ विज्ञप्तिमा भनिएको छ।
पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका र रोजगारी गुमाएका छात्र–छात्रालाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकालाई पनि मूल्याङकनका आधारमा सहयोग गरिने योजना अनुसार कोष स्थापना गरिएको बिज्ञप्तिमा जनाइएको छ। एक्सपर्टले सन २००३ देखि नेपाली विद्यार्थीलाई परामर्श दिने काम थालेको हो। नेपालका विभिन्न शहरमा कार्यालय रहेको एक्सपर्टको अष्ट्रेलियाका मुख्य शहरहरुमा पनि कार्यालय रहेका छन्। रासस