काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएको छ। मुटुको चाल असन्तुलित भएपछि उनलाई बिहिबार राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो।
मिर्गौला प्रत्यारोपणपछि आवश्यक पर्ने आराम नगरेका कारण प्रधानमन्त्रीको स्वासप्रस्वाशमा असन्तुलन आएको शिक्षण अस्पताल श्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्रीको गत महिना दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।