एजेन्सी– संसारमा यस्तो अनौठा खालको प्रकृतिका देनहरु रहेका हुन्छन् जसकाे हामीले कल्पनासमेत गरेका छैनाैँ। त्यस्तै अनौठा खालका प्रकृतिको बारेमा आज हामी तपाईहरुलाई जानकारी दिनेछौँ।
हामीले रुखमा फलफूल तथा फूलहरु फलेका तथा फुलेका देख्छौँ। तर चीनमा एउटा यस्तो रूख छ, जहाँ फलफूल तथा फूल नभई चराहरु फल्दछन्।

म्यागनोलिया नामक रुखमा फूलको कोपीला फक्रिन थाल्दछ त्यो ठ्याक्कै चरा जस्तो देखिन्छ। साधरणतया रुखमा हेर्दा त्यहाँ चराहरु नै झुम्मिरहेका छन् जस्तो देखिन्छ।

निक्कै मिठो बास्नादार र सुन्दर ति फूल बसन्त ऋतुमा फुल्ने गर्दछन्। जुन दृष्य हेर्न हजारौँ पर्यटकको भिड लाग्ने गर्दछ।
