एजेन्सी– भ्रमणमा आएका आयरल्याण्डका प्रधानमन्त्री लियो भारड्करसँग हाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नमस्कार’ गरे। र, भने ‘कोरोना भाइरस प्रभावित यस बेला यो जरुरी पनि छ।’
भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यतिबेला विश्वब्यापी बनेको छ। राष्ट्रपति ट्रम्प गत महीना भारत भ्रमणमा आउँदा भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो।
ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ‘नमस्ते’ गरे। तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको संक्रमण फैलिसकेको थिएन। जब विश्वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमाधम ‘नमस्ते’ गर्न थाले। अन्ततः विश्वभर नमस्ते कल्चर नै फैलियो।
हाल विश्वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।