काठमाडौं– आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज गरिने भएको छ। मृगौला प्रत्यारोपन गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको हुनाले उनलाई आज बेलुका शिक्षण अस्पतालबाट घर लगिने बताइएकाे छ।
शिक्षण अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था राम्रो रहेको र डिस्चार्ज गर्न लागिएको जानकारी दिएको छ।
