एजेन्सी– विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण फैलिन नदिने लक्ष्यले अमेरिकाले बेलायतबाहेक युरोपका अन्य देशका नागरिकलाई अमेरिका प्रवेशमा राेक लगाएकाे छ। एक टेलिभिजन सम्बोधनमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार साँझदेखि लागू हुने याे प्रतिबन्ध एक महिनासम्म कायम रहने घोषणा गरेका हुन्।
ट्रम्पको अनुसार अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु हुनेछैन। यसअघि एक ट्विटमार्फत ट्रम्पले १ सय २४ मुलुकमा फैलिएको कोरोना भाइरसको चुनौतीसँग लड्न तयार रहेको बताएका थिए।

हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १३ सय ३७ जनामा संक्रमण देखिएको छ। त्यस्तै अमेरिकाका बास्केटबल खेलाडी उताह जाजमासमेत कोरोनाकको संक्रमण रहेको पुष्टि भएको छ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको नाेवल काेराेना भाइरसबाट हालसम्म ४ हजार ६ सय ३३ जनाले ज्यान गुमाइसकेका छन्।