एजेन्सी– मेक्सिको राजधानी मेक्सिको सिटीमा २ वटा मेट्रो रेल आपसमा ठोक्किएका छन्।
मंगलबार अबेर राति टाकुबाया स्टेशनमा २ वटा मेट्रो रेल ठोक्किएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। उक्त दुर्घटनामा परी कम्तिमा पनि १ जनाको ज्यान गएको समाचारमा बताइएको छ।
मेक्सिको सिटीका स्थानीय अधिकारीहरुले पनि मेट्रो दुर्घटनामा परी १ जनाको ज्यान गएको र अन्य ४१ जना घाइते भएको जानकारी दिएका छन्।
टेलिभिजनमा देखाइएका तस्बिर र फुटेजमा दुर्घटनापछि एउटा रेल अर्को रेलमाथि चढेको देख्न सकिन्छ।