एजेन्सी– अष्ट्रेलियामा जहाज दुर्घटना हुँदा चालकसहित सवार ५ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार बिहान सानो आकारको जहाज दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी जहाजमा सवार ५ जनाको मृत्यु भएको हो। भारी वर्षाका कारण दुर्घटना भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
चार्टर गरिएको उक्त जहाजमा ४ जना सरकारी कर्मचारी र एक पाइलट सवार थिए। जहाज बालुवाको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटना हुनुपूर्व पाइलटले जहाजलाई लोखार्ट नदी नजिकै २ पटकसम्म अवतरण गर्ने प्रयास गरेका थिए। तेस्रो पटक अवतरण गर्न खोज्दा दुर्घटना भएको अधिकारीहरुले बताएका छन्।