एजेन्सी– बलिउड अभिनेत्री तारा सुतारिया फिल्म ‘एक भिलेन’ काे सिक्वेलको लागि पक्का भएकी छन्। ‘एक भिलेन’ को सिक्वेलमा तारा सुतारियासँगै दिशा पटानी, आदित्य कपूर, जोन अब्राहम मुख्य भूमिकामा छन्।
सन् २०१४ मा आएको ‘एक भिलेन’मा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर र रितेश देशमुखको अभियन रहेको थियो। ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको थियो।
तारा सुतारियाले आफ्नो डेब्यू फिल्म ‘स्टुडेन्ट अफ द एअर २’ बाट दर्शक र आलोचकहरूको मन जितेकि थिइन्। ‘एक भिलेन’ काे सिक्वेललाई मोहित सूरीले निर्देशन गर्नेछन्। यो चलचित्र सन् २०२१ को जनवरी ८ मा रिलिज हुनेछ।
