एजेन्सी– पाकिस्तानी सेनाको पल लडाकु विमान दुर्घटना भएको छ। स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले दिएको खबरअनुसार पाकिस्तानी वायुसेनाको एफ–१६ फाइटर जेट विमान राजधानी इस्लामावाद नजिकै दुर्घटना भएको हो।
यही मार्च २३ को गणतन्त्र दिवसका दिन सैन्य कला प्रदर्शनका लागि अभ्यासका क्रममा विमान दुर्घटनामा परेको जनाइएको छ। सुरक्षाकर्मीले दुर्घटनास्थललाई घेराहाली अनुसन्धान गरी रहेको स्थानीय मिडियाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
पाकिस्तानी एयर फोर्सले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ।