काठमाडौं– भारतको ओडिशा राज्यमा होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु भएको छ। मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर उनीहरूकाे मृत्यु भएको बीबीसीले जनाएको छ।
विगतका वर्षमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो।होलीमा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना पर्ने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो।
मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ।