एजेन्सी– अमेरिकामा कोरोना भाइरसका कारण ३१ जनाको मृत्यु भएको छ। सोमबार मात्रै भाइरसका कारण सात जनाको मृत्यु भएको थियो भने मंगलबार थप चार जनाको मृत्यु भएको छ।
त्यस्तै संक्रमितहरुको संख्या एक हजार १० पुगेको छ । जसमध्ये १५ जना उपचार पछि घर फर्कि सकेका छन् भने १० जना गम्भिर अवस्थामा रहेका छ। एक दिनमा नै कोरोना भाइरस संक्रमित २७२ ले बढेको हो। अमेरिकामा यतिधेरै संख्यामा संक्रमितहरु बढेको यो पहिलो घटना हो। ह्वात्तै बढेपछि अमेरिका सरकारलाई थप चुनौती थपिएको छ।
संक्रमितहरुको संख्या बढेसँगै अमेरिकामा त्रासको वातावरण पनि सुरु भएको छ। अमेरिकाले उच्च सतर्कता अपनाउन आग्रह गरिरहे पनि बजारमा चरम अभाव देखिएको छ। खानेकुरा लगायन अन्य अत्यावश्क कुरामा अभाव देखिएको बताइएको छ।
स्टक नै खाली गरेर सबै सामान लगेपछि बजारमा चरम अभाव देखिएको अधिकारीहरुले बताएका छन्। त्यस्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलेभाइरसबारे फेक न्युज धेरै आइरहेको भन्दै टिप्पणी गरेका छन्। तर, भाइरसका कारण अमेरिकामा छिट्टै नै चरम संकट आउन सक्ने अधिकारीहरुले बताएका छन्।