एजेन्सी– बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।
बेलायतकी स्वास्थ्य मन्त्री तथा तथा कन्जर्भेटिभ पार्टीकी सांसद डोरीजले आफुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएकी हुन्।
उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेको बेलायती स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गइसकेको र ३८३ जना संक्रमित भएका छन्।